
गायिका उर्मिला खालिङ र हेमन्त खालिङ्को दुई खालिङ गीत सार्वजनिक भएको छ ।
किरात खालिङ राई उत्थान संघ केन्द्रिय अध्यक्ष सीता कुमारी खालिङको प्रमुख आतिथ्यमा वैशाख एक गते नु (मन) स्वासख्वाम म्युजिक भिडियो उर्मिला खालिङ युट्युव च्यानल बाट सार्वजनिक भएको छ |
गीतमा उर्मिला खालिङ, निरु खालिङ, छवि खालिङ र हेमन्त खालिङले स्वर दिएका छन । नु (मन) को संगीत उर्मिला खालिङ र स्वासख्वामको संगीत निरु खालिङले गरेका छन भने एरेन्ज पदम रजान मगरको रहेको छ । कार्यक्रममा सोलुखुम्बु प्रतिनिधि सभा सदस्य मान वीर राई र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको समेत उपस्तिथि रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया