
सोलुखुम्बु, जेठ ३०। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले लम्कि स्किन रोग विरुद्धको खोप निःशुल्क लगाउने भएको छ । यहि असार ८ गतेदेखी पालिकाका ५ वटै वडाका गाईगोरुहरुलाई लम्कि स्किन रोग विरुद्धको खोप निःशुल्क लगाउने भएको हो ।
खोप अभियान असार ८ गतेबाट सुरु भइ १७ गते समापन हुने पशु सेवा प्राविधिक दिनेश ढुंगानाले बताउनुभयो । आर्थिक वर्ष २०८२/८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुपक्षीहरुको रोग नियन्त्रण कार्यक्रम अन्तगर्त निशुल्क खोप लगाउन लागिएको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया