
सोलुखुम्बु, फागुन २७ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका २ मा आत्मनिर्भर बनाउने उदेश्यले जाम, जुस र अचार बनाउने तालिम सुरु भएको छ । मंगलबारबाट सुरु गरिएको तालिम १५ दिनसम्म सञ्चालन गरिने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडाले बताउनुभयो ।
नेचासल्यान २ वडा कार्यालयको सहकार्यमा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले २० जनालाई उक्त तालिम प्रदान गरेको हो । घरेलु कार्यालयको कार्यक्रम अनुसार नै स्थानीय स्तरमा पाइने वस्तुहरुको जाम, जुस र अचार बनाउने तालिम प्रदान गरिएको खतिवडाले बताउनुभयो ।
उक्त तालिमको सहजिकरण खेदराज कार्कीले गरि रहनु भएको छ । तालिमको उद्घाटनमा नेचासल्यान २ का जनप्रतिनिधि तथा घरेलु कार्यालयका कर्मचारी लगायतको उपस्थित रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया