×

फुर्के सामुदायिक वन उपभोक्ता समूह नेचासल्यानमा नयाँ समिति

पुस ७, २०८१ | दाक्सु मिडिया

खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यान-४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा आङडिकी राई अध्यक्ष चयन भएकी छन्।

पूर्बमाननीय भूपाल किरांतीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न समूहको २८ औं साधारणसभाबाट राईको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन भएको निबर्तमान अध्यक्ष बुधराज राईले जानकारी दिए।

अध्यक्षमा निर्बाचित राई सामुदायिक वन जिल्ला महासंघ साेलुखुम्बुका पूर्व उपाध्यक्ष हुन्।पूर्वसचिव रासकुमार राई सचिव रहने गरि सर्बसम्मत चयन गरिएको कार्यसमितिमा पूर्व अध्यक्ष शुवबहादुर राई,पूर्व अध्यक्ष देवकी थुलुङ, पूर्व अध्यक्ष शिवप्रसाद भट्टराई, उपभोक्ता सदस्य मुगाधन राई (चस्कुच्याे),र धनकुमार बिक छन्।

अध्यक्ष बुधराज राईकाे अध्यक्षता तथा सचिव धर्मराज फुयलकाे सञ्चालनमा सम्पन्न साधारणसभाले आर्थिक तथा प्रगति प्रतिवेदन सर्बसम्मत पारित गरेको अनुमाेदन गरेको निबर्तमान अध्यक्ष राईले जानकारी दिए।

स्थानीय समाजसेवी प्रश्नबहादुर राई,पर्वध्वज राई,शिवप्रसाद भट्टराई, जनऋषि राई,बिष्णु बाँस्तोला, बलबहादुर तिंलाली राई,शिवप्रसाद भट्टराई तथा संस्थापक पूर्वअध्यक्ष छविलाल राई लगायतले संस्थाको उत्तराेत्तर प्रगति र समुन्नतिकाे शुभकामना व्यक्त गर्दै आफुहरुकाे सदैब साथ र सहयोग समूहलाई रहिरहने प्रतिबद्धता व्यक्त गरेको सो साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्ब माननीय किँरातीले नयाँ नयाँ प्रविधि र बिकासहरु भित्रिइरहदा सामुदायिक वनहरु अवहेलित हुँदै गएकाे बताउँदै मानव जनजीवनका लागि वन अत्यन्त आवश्यक रहेको धारणा राखेका थिए।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नयाँ नयाँ याेजनाहरु बनाउने र कार्यान्वयनका लागि जाेड दिने साथै हर सम्भव निम्न आय स्तर भएका उपभोक्ताहरुलाई प्राथमिकतामा राखी काम गर्ने अभिप्रायका साथ याे समिति गठन भएकाे समूहका पूर्व अध्यक्ष तथा नवनिर्वाचित सदस्य देवकी थुलुङको भनाई छ ।

नवनिर्बाचित अध्यक्ष राईले समितिले आम उपभोक्ताहरुलाई आफ्नो साझा सम्पत्तिको अपनत्व वाेध गराउन प्रेरित गर्दै हाल विविध समस्याहरुकाे कारण खस्किदै गएकाे सामुदायिक वन समूहलाई पूर्ववत अवस्थामा फर्काउन जाेडताेडका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: