सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित सगरमाथा आविको ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस भव्यताका साथ मनाईएको छ । बिहिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज कटेको अध्यक्षतामा विविध कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा दिवस मनाईएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईले पालिकामा शिक्षा क्षत्रका लागि कम बजेट विनियोजन हुने भएकाले पालिका भित्रका सम्पुर्ण विद्यालयहरुलाई उच्च स्थानमा पुर्यान नसकेको बताउनुभयो । बजेट न्युन भएता पनि सबै विद्यालयमा विद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षाका लागि गाउँपालिका सधै प्रतिबद्ध रहने उल्लेख गर्नुभयो । यस्तै गाउँपालिकाकी उपाध्यक्ष विना राईले विद्यालयले ३६ औं बर्ष सम्म उतारचाढाब गर्दै यो स्थान सम्म आईपुग्नु नै निकै ठुलो कुरा रहेको बताउनुभएको छ ।
विद्यालय र विद्यार्थीहरुको उज्जवल भविष्यका लागि पालिकाबाट सक्दो पल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । कार्यक्रममा प्रधानध्यापक हेमसागर कटेलले बार्षिक प्रतिवेद र भावी योजना सहितको मन्तव्य, प्रमुख प्रसासकिय अधिकृत विशाल घिमिरे, शिक्षा शाखा प्रमुख माधब मणि ढुगांना लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै विद्यालयले बार्षिक उत्सलको उपलक्ष्यमा आधारभूत तहको भलिबल र स्मरण दौड समेतको आयोजना गर्नुका साथै विद्यालयका चन्दा दात अक्षकोष दाता र जग्गा दातालाई सम्मान प्रत्रको साथमा विद्यालयले सम्मानित गरेको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो । भलिबल खेलमा जलेश्वरि आबि प्रथम, बि.पि सस्कृत माबी द्धितिय र सगरमाथा आबि तृतीय भएको छ । खेलाडी विद्यार्थीलाई नगद सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया