×

नेचासल्यान गाउँपालिकामा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ

मंसिर १८, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु :  नेचासल्यान गाउँपालिकामा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । 
दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष धनजन राईले शुभकामना दिदै पालिका भित्रका सम्पूर्ण स्वास्थ्य शाखाका कर्मचारीहरुले घुम्ती शिविर सञ्चालन गरेको बताउनुभयो । 

अपाङ्गता यक्तिहरुलाई ह्रिल चियर, अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गमैत्री शौचालय, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबैलाई सम्मानजनक जीवनयापनको संवैधानिक सुनिश्चितता प्रदान गर्ने दिशामा सकारात्मक धारणा विकास गर्न आग्रह पनि गर्नुभयो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: