नेचासल्यान गाउँपालिका वडा नं.२ स्थित प्राथमिक स्वास्थ्य केन्द्र दोदीका स्वास्थ्यकर्मीहरुले सुरु गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण जारी छ।
नेचासल्यान गाउँपालिकाको समन्वय तथा प्राथमिक स्वास्थ्य केन्द्र नेचासल्यान–२ दोदीको आयोजनामा’स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा अग्रसर’भन्ने नाराका साथ नेचा सल्यानका सामुदायिक तथा निजी विद्यालयहरुमा दाँत तथा आँखा सम्बन्धीको शिविर आयोजना गरिएको गरिएको हो ।
पालिकाका ५ ओटै वडामा रहेका विद्यालयहरुमा संचालन गरिने शिविरको मुख्य उद्देश्य विद्यालयमा अध्ययनरत अस्पतालको पहुँचसम्म पुग्न नसकी दाँत तथा आँखा सम्बन्धी समस्यामा रहेका विद्यार्थीहरुको स्वास्थ्य समस्यालाई समाधान गर्ने रहेको व्यवस्थापक विनोद कोइरालाले जानकारी दिनुभयो ।
जनदिव्य आधारभूत विद्यालयबाट मंसिर १० गते सुरु गरिएको सो शिविर सोही दिन सगरमाथा आधारभूत विद्यालयमा संचालन भएको थियो । शिबिरको दोश्रो दिन मंसिर ११ गते मंगलबार भुमेश्वरी माध्यमिक विद्यालय नेचासल्यान–१ ख्याम्पुमा दाँत तथा मुख सम्बन्धी १ दिने शिविर संचालन गरिएको थियो । भुमेश्वरी माविका १५८ र सहिद स्मृतिका १२ जना विद्यार्थी गरी १७० जना विद्यार्थी र ५ जना शिक्षक गरी जम्मा १७५ बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । जसमा १४० दाँततर्फ र ३५ आँखाका बिरामीहरु रहेका छन् ।
सामान्य दाँत तथा आँखा सम्बन्धीको समाधान शिविरस्थलमा नै गरिने र थप जटिल समस्यालाई प्राथमिक स्वास्थ्य केन्द्रमा गरिने र स्वास्थ्य केन्द्रमा उपचार सम्भव नहुने समस्या देखा परेमा सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गरिने शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन्।शिविर १० दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया