×

नेचासल्यानमा आङ खस्ने रोगको परीक्षण शिविर सम्पन्न

असार १५, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा एक दिने महिलाहरूको आङ खस्ने रोगको परीक्षण गर्ने शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजना र नेचा सल्यान गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा नेचा सल्यान गाउँपालिका वडा नम्बर ३ को बेद घारी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीले बताउनु भएको छ । 
शिविर बाट २४ जना महिलाहरूको आङ खस्ने समस्याको परीक्षण गरिएकोमा १ जना महिलामा मात्रै समस्या देखिएको र बाकी २३ जना महिलाहरूमा समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका खोप अधिकृत राम नारायन शाहले बताउनु भएको छ । 
परीक्षणको क्रममा जटिल समस्या भएको महिलाहरू भेटिएमा प्रदेश र स्थानीय तहहरू सँग सहकार्य गरेर थप उपचारको लागी पहल पर्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीको भनाई रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: