
सोलुखुम्बु । नेचा सल्यान गाउँपालिकाले ४७ करोड ११ लाखको बजेट ल्याएको छ । कृषि, शिक्षा, पूर्वाधारको क्षेत्रलाई प्राथमिकता राखी बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
२६ करोड शशर्त अनुदान रहेको छ । चालु खर्चतर्फ १० करोड, वित्तिय समानीकरणतर्फ ११ करोड ४१ लाख, राजश्व बाँडफाँड ६ करोड, संघिय अनुदान समपूरक १ करोड विनियोजन गरिएको छ ।
यस्तै प्रदेशतर्फको ससर्त अनुदान ४१ लाख ७० हजार, प्रदेसतर्फ वित्तिय समानीकरण ७१ लाख ७० हजार, प्रदेश राजश्व बाँडmफाँड २० लाख ५१ हजार र समपूरक १ करोड रहेको छ ।
आन्तरिक स्रोत अनुमानित ६७ लाख ८० हजार र चालु आर्थिक वर्षबाट संचित कोषमा जाने ५ लाख रहेको गाउँपालिकाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया