नेचासल्यान गाउँपालिकामा १ सय बढी नागरिकले निः शुल्क आँखा सेवा लिएका छन् । गाउँपालिकाको आयोजना तथा काठमाडौँको त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट १ सय ११ जनाले सेवा लिएका हुन् ।
माघ ९ गतेबाट सुरु भएको तिन दिने आँखा शिविरमा ८ जना मोतीबिन्दु शल्यक्रियाका लागि छनोट गरिएको हाम्रा प्रतिनिधि खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । ग्रामीण भेगका नागरिकलाई निःशुल्क रूपमा पाउने सुविधा नागरिक सामु पु¥याउने उद्देश्यले निशुल्क आँखा शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि गाउँपालिकाले निःशुल्क आवासको समेत व्यवस्था गरेको छ ।
शिविरमा नेपाल आँखा अस्पतालका निर्देशक डा.कमल खड्का, सोही अस्पतालका रेजिडेन्ट डा.सुभानी शर्मा लगायतका चिकित्सकहरूले सेवा दिइरहेको आयोजकले जनाएको छ । उक्त शिविर भोलि बिहीबार सम्म सञ्चालित शिविरमा सामान्य आँखा जाँच गर्नुका साथै मोतीबिन्दु जाँच तथा शल्यक्रिया गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया