×

नेचासल्यानमा प्लबर र वायरिङ सम्बन्धि तालिम सुरु

पुस ७, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा प्लम्बर तथा वाइरिङ सम्बन्धी तालिम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा नम्बर २ र वडा नम्बर ३ को सहकार्यमा सो तालिम सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रका युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने उद्धेश्यले वडा नं २ मा हाउस वायरिङ र ३ मा प्लम्बिङङ सम्बन्धि तालिमको आयोजना गरिएको घरेलु तथा साना उद्योगका प्रमुख संगिता थुलुङले जानकारी दिइन्।
उक्त तालिम दिपेन्द्र थुलुङको प्रशिक्षणमा १२ जना प्रशिक्षार्थी रहेका छन् ।तालिम वडा नं २ मा वडाध्यक्ष्य सीताराम काफ्ले र ३ मा वडाध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा उद्घाटन सम्पन्न गरिएको हो।हाउस वायरिङ सम्बन्धि तालिममा १२ जना र प्लम्बिङमा १० जनाको सहभागीता रहेको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: