×

नेचासल्यानको ख्याम्पुमा एकदिने दाँतमुख सम्बन्धी तालिम सञ्चालन

मंसिर २५, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु।नेचासल्यान गाउँपालिका-१, ख्याम्पुमा एकदिने दाँत,मुख सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
FIDR तथा Action Youth Nepal को आयोजनामा सोलुखुम्बु तथा ओखलढुंगा जिल्ला सामुदायिक परियोजना अन्तर्गत सञ्चालित उक्त तालिमा सम्बन्धित वडाका स्वास्थ्य स्वयंसेविका, महिला समूह र आमा समूहका ८० जना सहभागीहरु रहेका थिए । तालिमको मुख्य उद्देश्य स्थानीय स्तरमा बसोबास गर्ने महिलाहरुलाई सुसूचित गराई सामान्य स्वास्थ्य सम्बन्धी समस्या निराकरण गर्नु रहेको FIDR संस्थाका कार्यक्रम म्यानेजर गुनबिर प्रधानले बताउनुभयो ।
उक्त तालिमको सहजीकरण धुलिखेल अस्पतालमा कार्यरत डाक्टरद्वय रचना खड्का र शिवाङ्गी खत्रीले गर्नुभएको थियो । सो कार्यक्रम नेचासल्यान गाउँपालिकाभित्र ५ ओटै वडाका ८० जनाका दरले महिला सहभागी गराई तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ । सो कार्यक्रम नेचासल्यान गाउपालिका स्वास्थ्य शाखा प्रमुख र प्रत्येक वडाका स्वास्थ्य चौकीहरुको समन्वयमा सञ्चालन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: