×

विद्यालय सुधारमा माप्य दुधकोशीको कदम

असार १३, २०८२ | दाक्सु मिडिया

सोलुखुम्बु, माप्य दुधकोशी — माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा संस्थाद्वारा आयोजित प्रारम्भिक बाल विकास परियोजनासम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा प्रारम्भिक बाल शिक्षा तथा बाल मैत्री वातावरण निर्माणका उपायहरूबारे गम्भीर छलफल गरिएको थियो।सहभागीहरूमा गाउँपालिका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू र बाल विकास सम्बन्धितसरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गोष्ठीको क्रममा गाउँपालिकाभित्रका १४ विद्यालयमा तार घेराबार निर्माण तथा ४ विद्यालयमा सुरक्षित खानेपानी सुविधाविस्तार गर्ने निर्णय पनि गरिएको छ। उक्त कार्यक्रमहरू विभिन्न साझेदारी र समन्वयमा अघि बढाइने जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईले बालमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकार पूर्ण प्रतिवद्ध रहेकोबताउँदै, यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षा र बाल संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सेतो गुराँसका प्रतिनिधिहरूले स्थायी समाधान र दीर्घकालीन सुधारतर्फ उन्मुख कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धताव्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: