
खोटाङ, असार १० – ऐसेलुखर्क गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ४९ करोड ७० लाख ९३ हजार ८८ को बजेट सार्वजनिक गरेको छ। उपप्रमुख राजेश राजभण्डारीले १७औँ गाउँसभामा बजेट तथा आर्थिक विधेयक प्रस्तुत गर्नुभयो।
बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, गत वर्षको मौज्दात तथा आन्तरिक स्रोत समावेश छन्। पूर्वाधार विकास, सामाजिक र आर्थिक क्षेत्रलाई प्राथमिकता दिइएको बजेटमा भौतिक पूर्वाधार निर्माणलाई मुख्य योजना बनाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन, विकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया