सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिकामा ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध अभिमुखीकरण कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने मूल नाराका साथ माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा र करुणा फाउन्डेसनको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो
दिवसको अवसरमा अपाङ्गता रोकथाम, पुनःस्थापना र समावेशीकरण प्रक्रियालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा ७५ जना अपाङ्गता भएका व्यक्तीहरुलाई विभिन्न सामाग्री समेत वितरण गरिएको गाउँपालिका उपाध्यक्ष गौरब राईले जानकारी दिनुभयो । पालिका भित्रका ७५ जनालाई लठ्ठी, चस्मा, चियर वितरण गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र समावेशीकरणलाई बलियो बनाउन समुदायस्तरमा सभ्य भाषा प्रयोगको आवश्यकता र समावेशी प्रक्रियाको महत्त्वबारे विशेष छलफल गरिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया