×

माप्य हुदै  खुम्बु  जोड्ने  दुधकोशी नदिको ओर्लाङघाटमा ह्युमपाइप राख्न सुरु

मंसिर १८, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु :  थामे बाढीका कारण क्षेतीग्रस्त माप्य हुँदै खुम्बु जोड्ने सडक दुधकोशी नदिमा ह्युम पाइप राख्ने काम सुरु भएको छ ।   माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ अधेरी देखी दुधकोशी सम्म र माप्य दुधकोशी गाउँपालिका नम्बर १ दुधकोशी देखी कमदमे सम्मको करिब दुई किलोमिटर सडक माप्य दुधकोशी गाउँपालिकाको लगानीमा निर्माण सकिएसँगै दुधकोशी नदिमा ह्युमपाइप राख्ने काम सुरु भएको गाउँपालिकाले जनाएको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिकाको लगानीमा दुधकोशी नदिमा ९० सेन्टिमिटर डायमिटरको १४ वटा ह्युम पाइप राख्ने काम भइरहेको छ  ।   अबको करिब १ हप्ता भित्र सिधा सडक जोड्ने गरी काम सम्पन्न गर्न र क्षेतीग्रस्त माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनः निर्माण गर्न माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मीङमा छिरी शेर्पा बिच छलफल भएको छ ।  पुल नहुँदा खुम्बु जाने यात्रुले दुधकोशी नदिमा पल्टी गरी गाडी परिवर्तन गर्नुपर्ने सास्ती खेपिरहेका छन् भने सामान ढुवानी गर्न प्रति किलो ३ देखी ५ रूपैंया थप भाडा तिर्नु पर्ने बाध्यता रहेको यात्रुहरूको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: