×

माप्य दुधकोशी गाउँपालिकामा एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न

बैशाख १२, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा ४७ किलोमिटरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।
पालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको म्याराथन एभरेस्ट दुधकोशी कल्चरल ट्रेलको रुटमा संचालन गरिएको थियो। नेपाल लगायत अन्य देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय २०३ भन्दा बढी धावकहरुको उपस्थिति रहेको थियो।
गाउँपालिकाको रङ्गशाला (कोर्कु) देखि सुरु भै रक क्लाईबिङ सेन्टर, सिलगुडी, घुम्नेमेरा गुम्बा, कुधम हाईक्याम्प, योतेल्म्य पर्यटन सेल्टर, दिलुङ, खुस्कुम, खास्ताप पर्यटन सूचना केन्द्र र प्लाम्दु हुदै रङ्गशालामा आएर उक्त म्याराथन सम्पन्न भएको हो।
प्रतियोगितामा खुल्ला पुरुषतर्फ सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका अर्जुन कुलुङ प्रथम, रामेछापका होमलाल श्रेष्ठ दोश्रो र महाकुलुङकै सुमन कुलुङ तेस्रो भएका छन। त्यस्तै महिलातर्फ भारत बाट सहभागी धावक सबिना राई प्रथम, खोटाङकि निर्मला राई दोश्रो र ओखलढुंगाकि लाक्पा ङिमा शेर्पा तेस्रो भएका छन। बिजेता महिला पुरुष दुबै खेलाडीहरुले क्रमश नगद १ लाख, ७५ हजार, ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
खुल्ला र तीन उमेर समुहमा सम्पन्न म्याराथनमा १८ देखि २९ वर्ष पुरुषतर्फ रामेछापका गोपाल तामाङ प्रथम, भोजपुरका उमेश राई दोस्रो र त्रिभुवन आर्मी क्लबका कुल बहादुर वस्नेत तेस्रो भएका छन। त्यस्तै महिलातर्फ प्युठान जिल्ला बाट सहभागी भएर हुमि बुढा मगर प्रथम, पाचथर देखि आएकी इन्द्र कला नेम्वाङ द्वितीय र माप्य दुधकोशी गाउँपालिकाको चन्दना राई तृतीय भएका छन्। सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका जंग वीर कुलुङ ३० देखि ४९ उमेर समुहमा पुरुष तर्फ प्रथम भएका छन भने भोजपुरकी अनिता राई महिला तर्फ प्रथम भएकी छन। कुलुङ लाई पछ्याउँदै सोही गाउँपालिकाका क्षितिज कुलुङ दोश्रो र माप्य दुधकोशी गाउँपालिकाका टिकामान राई तेस्रो स्थानमा आईपुगेका थिए। अनिता पछि माप्य दुधकोशी गाउँपालिकाकी सुस्मा राई र खुम्बु पासाङ ल्हामु गाउँपालिकाकी आङ छुटी शेर्पा तेस्रो स्थानमा आईपुगेका थिए। अन्तिम ५० देखि ६५ वर्ष उमेर समुहमा माप्य दुधकोशी गाउँपालिका भित्रका मात्र खेलाडीको सहभागी रहेको थियो । वडा नम्बर दुईका अन्तवीर राई प्रथम, वडा नम्बर चारका काजिमान राई दोश्रो र वडा नम्बर ५ पाँचका भिम बहादुर तामाङ तेस्रो भएका छन भने महिला तर्फ एक जनाले मात्र भाग लिएकि दुई नम्बर वडाका सुनबरी प्रथम भएकी छन। तिनै उमेर समुहका बिजेताले क्रमश २० हजार, १५ हजार, १० हजारको साथ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
पालिकाले पहिलो पटक आयोजना गरेको म्याराथन सोचेको भन्दा उत्कृष्ट भएको र एभरेस्ट दुधकोशी कल्चर ट्रेलको प्रचार भएको बाताउनु हुदै, पर्यटन प्रवर्द्धनमा अझ बढी साथ मिल्ने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताउनु भयो।
प्रतियोगितामा सहभागी धावकहरुले रक क्लाईमिङ, शिलगुडी डाडा बाट प्रत्यक्ष सगरमाथाको अवलोकन गर्दै घुम्ने मेरा सम्म लालिगुरासको बगौचा बाट दौडिन पाएकोमा खुसी व्यक्त गरेका छन। माप्य दुधकोशि गाउँपालिका उत्कृष्ट पर्यटनको गन्तव्य बन्नसक्ने अधिकांश धावकहरुले भनाई छ।
प्रतियोगिताको प्राविधिक सहयोग मिरा राई इनिसिटिभ संस्थाले गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: