×

सिल्गुडी डांँडा पुगे पूर्ब उपप्रधानमन्त्री ‘बादल’ सहितका एमाले नेताहरु

चैत्र २३, २०८० | दाक्सु मिडिया

पूर्ब उपप्रधान एबम् गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ सहित एमालेका अन्य नेताहरु सिल्गुडी डांडा पुगि सल्लेरी-सिल्गुडी डाँडा-माप्य-खुम्बु सडक कालोपत्रेको सुरु भएको कामको निरीक्षण गर्नुभएको छ।
नेकपा एमाले सोलुखुम्बुको ८ औं जिल्ला अधिबेशन उद्घाटनका लागि बिहिवार सांझ सदरमुकाम सल्लेरी आई पुग्नुभएका उपाध्यक्ष ‘बादल’ सहितका अन्य एमाले नेताहरु शुक्रबार बिहान सिल्गुढी डांडा पुगि त्यहाँको दृश्यावलोकन गर्नुका साथै कालोपत्रेको निरीक्षण गर्नुभएको हो।टोलीमा एमाले नेताहरु स्थायी समिति सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई,राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा,पूर्बमन्त्री एबम कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी लगायत अन्य नेताहरु रहनुभएको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो।वहाँहरुलाई अध्यक्ष राईसहित खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा,प्रबक्ता लाक्पाछिरी शेर्पाले स्वागत गर्नुभएको थियो।
सदरमुकाम सल्लेरीबाट बिश्वको सर्बोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने सो निर्बाचन क्षेत्र रणनीतिक सडक कालोपत्रेको शिलान्यास केहि समय अगाडि गरिएको थियो।सो सडक खण्ड कालोपत्रेका लागि छुट्याइएको बजेट अघिल्लो सरकारले कटौती गरेपछि काम ठप्प छ।तर नयाँ सरकार बनेपछि उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माण मन्त्री रघुबीर महासेठले थप बजेटसहित काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको माप्य अध्यक्ष राईले जानकारी दिनुभयो।
अध्यक्ष राईका अनुसार गत फागुनमा सल्लेरी आउनुभएका महासेठले पनि सो क्षेत्रको अवलोकन गर्नुभएको थियो।आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको सिल्गुडी डांडामा माप्य दुधकोशीले गोठ स्टेको अवधारणा सहित निर्माण समेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: