सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका – ४ काँकु डाँडा गाँउमा वडा स्तरीय महिला तथा पुरुष भलिबल र खुल्ला डबल ब्याटमिन्टन खेल समपन्न भएकाे छ । सानो फुलबारी सामुदायिक संस्थाको अयोजनामा माप्य दुधकोशी गाउँपालिकाको वडा नंं. ४ काँकु, डाँडामा प्रतियोगिता भएको थियाे ।
भलिबल प्रतियोगितामा सोलुखुम्बु जिल्लाव्यापी नयाँ संरचनाअनुसारको खेलकुद तथा सांगितिक कार्यक्रम भएकाे थियोे । महिला भलिबल तर्फ माप्य गाउँपालिका -७ ले प्रथम स्थान हासिल गरेका छन भने दृितियमा माप्य गाउँपालिका -१ जुभिङ त्यस्तै तृतीय माप्य गाउँपालिका-४ र सान्त्वनामा माप्य-७ का समूह बि भएका छन ।
पुरूषतर्फ प्रथम सोलुदुधकुण्ड नगरपालिका -११ प्रथम
दृितियमा माप्य दुधकोशी गाउँपालिका -५ तृतीय माप्य -६ र
सान्त्वनामा माप्य -४ भएका छन । खेलमा सर्वोउत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिएको थियाे सर्वाेउत्कृष्ट महिला खेलाडीकाे रुपमा माप्य गाउँपालिका-७ कि चादनी राईलाई ट्रफि मेड्लले सम्मान गरिएको छ । तेस्तै सेटरमा सृजना राई,स्पाइकरमा बिपना राई,डिफेन्डरमा बबिता राई र सर्भरमा पबिता राईलाई सम्मान गरिएकाे छ ।
यस्तै पुरुषतर्फ उत्कृष्ट खेलाडीमा सर्वाेउत्कृष्ट खेलाडीमा सुदिप मगर, उत्कृष्ट स्पाइकरमा दाेर्जे तामाङ ,उत्कृष्ट लिफ्टरमा तामाङ पासाङ ,उत्कृष्ट सर्भरमा तेजनारायण मगर,उत्कृष्ट सेटरमा मनाेज खड्का ,उत्कृष्ट बल्गरकाे रुपमा सन्दिप मगर लाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको छ ।
ब्याटमिन्टन खेलमा युजिन राई र सुदन राई प्रथम भएका छन दृितियमा हर्कजित राई र पुकार राई तृितियमा सुन्दर राई र फिलाेन राई ,राज कुमार राई र नन्दराज राईले जित हासिल गरेका छन । यसैगरि महिलातर्फ पुजा मगर र माया राई प्रथम दृितियमा नेल्सन किराँती र शशी कला राई र तृितियमा निशा राई र नलिना राई ,मुना राई र नमिका राईले जित हासिल गरेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया