☰ open
×

रिचा मेमोरियल टी-२० क्रिकेट हुने

चैत्र ६, २०७९

 पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता  हुने भएको छ ।

आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाल र भारतका विभिन्न टिम सम्मिलित इन्डो-नेपाल टी-२० क्रिकेट हुन लागेको बताएको हो ।

एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता आउँदो चैत्र २५ गतेदेखि विराटनगरको मेरिलेबोन ज्वाला विराटनगर क्रिकेट मैदानमा हुने बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार नेपालको तीन विभागीय टिम, सुदूरपश्चिम प्रदेशको १ टिम र कोशी प्रदेशका राजधानी विराटनगरका १ टिम र भारतको विभिन्न राज्यका ३ टिम सहभागी हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: