☰ open
×

कांग्रेस र एमालेको सरकार नबन्ने भनेर कसम खाएका छैनौं- ओली

फाल्गुन २६, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्।

बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव छ र केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन नसक्ने बताए।

‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन’, उनले भने।

उनले आगामी राष्ट्रपतिबाट सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हीत र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका वहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: