
सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले गाउँपालिका अन्तरगत कार्यरत कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशन जारी गरेको छ । टिकटक, फेसबुक, इस्टाग्राम,स्वीटर (एक्स), युटुवलगायतका समाजिक सञ्जाल प्रयोग गर्दा कानुन विपरितका गतिविधि नगर्न निर्देशन दिएको हो ।
प्रमुख प्रशासकिय अधिकृत खरिधन राईले एक सूचना जारी गर्दै उक्त निर्देशन दिनुभएको हो । कार्यलय समयमा कार्यलयको पोशाकमा तथा कार्यलय हाताभित्र मनोरञ्जनात्मक भिडियो खिच्न तथा पोष्ट गर्न नपाईने, भड्किलो पोशाकसहित फोटो, भिडियो पोष्ट गर्न नपाईने सूचनामा उल्लेख छ ।
यस्तै, आफु कार्यरत कार्यलय, पदाधिकारी तथा सहकर्मी कर्मचारीको विषयमा असर पर्ने गरि अभिव्यक्ति सर्वाजनिक नगर्ने, आफुलाई कुनै कुराले मर्का परेको खण्डमा कार्यलयमा उचित तरिकाले गुनासो गर्न, उजुरी गर्न अनुरोध गरिएको छ ।
प्रचलित कर्मचारी ऐन, नियममा व्यवस्था गरिएको कर्मचारीको आचरणहरु पालना गरेर सामाजिक सञ्जाल प्रयोग गर्नु पर्ने सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया