×

महाकुलुङ गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

पुस ९, २०८१ | दाक्सु मिडिया

महाकुलुङ गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

Radio Everest by Radio EverestDecember 24, 2024 in FEATUREDसमाचार 015VIEWSShare on FacebookShare on Linkedin

पौष ९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ग्रामीण आँखा उपचार केन्द्र स्थापना गरिएको छ । महाकुलुङ गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा गाउँपालिकाको बुङमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

मंगलबार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सूर्य बहादुर राईको अध्यक्षता तथा तिलगंगा आँखा प्रतिष्ठानका सिनियर अफिसर हरि कार्कीको प्रमुख अतिथिमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको निमिक्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो ।

उपचार केन्द्र स्थापना भएसँगै महाकुलुङ आधारभूत अस्पतालबाट स्क्रीनिङ गरी रेफर विरामीको दर्ता शुल्कमा छुट र विद्यार्थीहरुलाई ५० प्रतिशत चस्मामा छुट दिने तथा गाउँपालिकाका ५ वटै वडामा सामुदायिक स्तरमा आँखा शिविर सञ्चालन गर्न प्राविधिक सहयोगलाई निरन्तरता दिइने भएको छ ।

साथै आँखा उपचार केन्द्रको बैंक खाता सञ्चालन र औषधी तथा चस्माको मूल्य निर्धारण पनि गरिएको जनाइएको छ । सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य सहित आँखा केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: