×

महाकुलुङ गाउँपालिकामा विद्यालय सुधार तर्जुमा कार्यशाला 

पुस १, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा महाकुलुङ गाउँपालिकामा विद्यालय सुधार तर्जुमा कार्यशाला सम्पन भएको छ । पहाडी विकास तथा संरक्षण समूह नेपालले गाउँपालिकामा २ दिने कार्यशाला तर्जुमा कार्यक्रम सम्पन्न भएको हाम्रा प्रतिनिधि प्रमिशन कुलुङले जानकारी दिनुभयो । पेल्माङ आधारभूत विद्यालय पेल्माङ,  सगरमाथा माध्यमिक विद्यालय बुङ,  जनसुधार आधारभूत विद्यालय गरि ३ वटा विद्यालयका  विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानध्यापकहरुसँग कार्यक्रम गरेको जनाएको छ ।  कार्यक्रमको सहजिकरण  जी फाउण्डेशनको बरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले गर्नुभएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: