×

महाकुलुङ सरकारले गर्‍यो विशेष अधिवेशनमार्फत १३ औँ गाउँसभा

बैशाख २९, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु- सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले १३ औँ गाउँसभा सम्पन्न गरेको छ ।
गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व तथा केही बजेट शिर्षकहरु संशोधन लगायतका विषयमा छलफल गर्न अधिवेशन राखिएको पालिका अध्यक्ष सुर्य कुलुङको भनाई छ । अधिवेशनले योजना तथा कार्यक्रम संशोधनसहित हाईड्रोपावर कम्पनीहरुको सामाजिक उत्तरदायित्वको रकम खर्च लगायतका विषयहरु अनुमोदन गरिएको कुलुङले थप्नु भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ (२) तथा कार्यपालिकाको निर्णय अनुसार अधिवेशन राखिएको हो ।
अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेसहित सबै वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधिहरु , पुर्व वडा अध्यक्ष, तथा विभिन्न राजनीतिदलका प्रमुख तथा प्रतिनिधिहरु, एपेक्स मकालु पावर डेभलपमेन्ट हाइड्रोपावर र गौरीशंकर हाईड्रोपावरका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी गाउँपालिका शाखा कर्मचारीहरु, इलाका प्रहरी कार्यलय र बुङ प्रहरी चौकीका सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको वडा नम्बर दुईका अध्यक्ष प्रदिप कुलुङले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: