×

महाकुलुङ गाउँपालिका २ पूर्ण खोप सुनिश्चित वडा घोषणा

बैशाख २७, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका २ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । आइतबार सम्पन्न आधारभूत स्वास्थ्य सेवा केन्द्र पेल्माङले आयोजना गरेको कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख सुमिता कुलुङको प्रमुख आतिथ्थतामा वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
१५ महिना देखि मुनि बालबालिकाहरूलाई सुनिश्चितता गरी पूर्ण खोप सुनिश्चित वडा, पालिका र जिल्ला घोषणा गर्ने सरकारी नीति रहेअनुसार वडा घोषणा गरिएको महाकुलुङ गाउँपालिका २ का वडा अध्यक्ष प्रदीप कुलुङले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: