×

महाकुलुङमा जेठ २ गतेबाट अपाङ्गता पहिचान शिविर हुँदै

बैशाख २५, २०८१ | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु – महाकुलुङ गाउँपालिकामा आउँदो जेठ २ गतेबाट ६ गतेसम्म अपाङ्गता रोकथाम तथा पुनः स्थापना शिविर सञ्चालन हुने भएको छ ।

पालिकाको ५ वटै वडामा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, महाकुलुङ गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेले जानकारी दिनुभयो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरि परिचयपत्र समेत वितरण गरिने उहाँको भनाई छ ।
यस्तै जेठ २ गते वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी गुदेलमा, ३ गते वडा नम्बर ४ स्थित आधारभूत स्वास्थ्य केन्द्र, तुमाउमा, ४ गते वडा नम्बर ३ स्वास्थ्य चौकी, छेस्काममा, ५ गते वडा नम्बर २ को वडा कार्यालय, पेल्माङमा र जेठ ६ गते गाउँपालिकाको सभा हल, बुङमा सञ्चालन गर्ने महाकुलुङ गाउँपालिकाले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: