×

महाकुलुङ १ मा २० दिने आधारभूत वेल्डिङ तालिम सुरु

चैत्र १३, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु – महाकुलुङ गाउँपालिका १ बुङमा २० दिने आधारभूत वेल्डिङ तालिम संचालन भएको छ ।
वडा नम्बर १ का अध्यक्ष पर्खिधन राईको अध्यक्षतामा सुरु भएको उक्त तालीम गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
वडाको चालु आर्थिक वर्ष २०८०-०८१ को युवा लक्षित कार्यक्रम अन्तर्गतको बजेट विनियोजन गरी युवाहरूलाई तालिम दिएको वडा कार्यालयले जनाएको छ ।
१२ जनाको सहभागितामा सुरु भएको तालिमको सहजिकरण अनुप नकर्मीले गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: