×

महाकुलुङ गाउँपालिकामा एक दिने मोतिविन्दु छनौट शिविर सम्पन्न

चैत्र ८, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु महाकुलुङ गाउँपालिका १ बुङमा एक दिने मोतिविन्दु छनौट शिविर सम्पन्न भएको छ।
गाउँपालिकाको केन्द्र बुङमा संचालन भएको शिविर जिल्ला सामुदायिक आखा केन्द्र फाप्लु र तिलगंगा आँखा प्रतिस्ठान गौशाला काठमाडौको आयोजनामा सम्पन्न भएको हो।
शिविरमा महिला ५० पुरुष २३ गरि ७३ जनाले सेवा लिएका छन। शिविर बाट मोतिविन्दु छनौट भएका ५ र अन्य दुई जना गरि सात जनाको शल्यक्रिया गर्नु पर्ने आयोजकले बताएको छ।
छनौट भएका बिरामीहरुको चैत १९ र २० गते फाप्लुमा शल्यक्रिया हुने आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: