×

महाकुलुङमा ट्रेकिङ मजदुरलाई निःशुल्क आधारभूत अङ्ग्रेजी कक्षा

माघ १४, २०८० | दाक्सु मिडिया सम्वाददाता

महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्काममा ट्रेकिङ मजदुरलाई निःशुल्क आधारभूत अङ्ग्रेजी कक्षा प्रदान गरिएको छ । (केईईपी ) को आयोजना तथा वडा नम्बर ३ को सहकार्यमा गत पौष २२ गतेबाट छेस्काम माध्यमिक विद्यालयको सभा हल ट्रेकिङ मजदुरलाई निःशुल्क आधारभूत अङ्ग्रेजी कक्षा प्रदान गरिएको हो ।

महाकुलुङ गाउँपालिकामा ट्रेकिङ मजदुरहरूको सङ्ख्या बढी भए पनि कतिपय मजदुरलाई आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान नहुँदा समस्या हुने भएकाले यसको समाधानका लागि कक्षा सञ्चालन गरिएको वडा अध्यक्ष दुर्गा बहादुर राईले सोलु एफ.एमलाई जानकारी दिनुभयो ।

तालिममा अङ्ग्रेजी भाषामा सैद्धान्तिक र व्यावहारिक विषयवस्तु लगायत पदयात्रा र पर्वतारोहण, पदयात्रा सुरक्षा, जोखिम लगायतबारे प्रशिक्षण दिएको वडा कार्यालयले जनाएको छ । उक्त आयोजित अङ्ग्रेजी कक्षा सञ्चालनमा २६ जनाको सहभागिता रहेको थियो । यस्ता कक्षा सञ्चालन हुर्दा ट्रेकिङ मजदुरलाई पर्यटन व्यवसायमा टेवा पुग्ने सहभागीहरूले अपेक्षा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: