
लुखुम्बुको महाकुलुङ गाउँपालिकाले क्षयरोगसहितका रोगहरु पहिचानका गर्न घुम्ती शिविरको आयोजना गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले बिहिवारबाट शिविर सञ्चालन गरेको हो ।
उक्त कार्यक्रमले क्षयरोगका बिरामीहरु पहिचान गर्न, स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका तथा मधुमेहका बिरामीलाई सेवा पुग्ने गाउँपालिका स्वास्थ्य शाखा संम्योजक हरि प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आधारभुत स्वास्थ्य केन्द्र तुमाउबाट सुरु गरिएको शिविर एक हप्तासम्म जारी रहने छ ।
शिविरको पहिलो दिन बिहिवार करिब २३ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य चौकी इन्र्चाज सुमित्रादेवी राईले जानकारी दिनुभयो । स्वास्थ्य सेवा लिने मध्ये करिब ५ प्रतिशतमा क्षयरोेगको आशंका गरिएको उहाँको भनाइ छ ।
शिविरमा वडाका जनप्रतिनिधिसहित पालिका स्वास्थ्य हरि प्रसाद आचार्य, ल्याप टेक्निसियन रुपेश कुमार यादव, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेकोे सहकर्मी झलक राई जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया