×

माहाकुलुङमा सुरक्षाकर्मी बन्न चाहनेलाई निःशुल्क तालिम

माघ ९, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नम्बर ३ ले सुरक्षाकर्मी बन्न चाहनेका लागि निःशुल्क तालिम सुरु गरेको छ । वडा कार्यालयको चालु आर्थिक बर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत ४५ दिने प्रशिक्षण सहितको अभ्यास तालिम माघ ८ गतेदेखि सुरु गरेको हो ।
नेपाली सेना, प्रहरी र सशस्त्र जस्ता सुरक्षा निकायमा जागिर खान चाहने युवायुवतीलाई लक्षित गर्दै वडा कार्यालयले सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण सुरु गरेको माहाकुलुङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गाबहादुर राईले जानकारी दिनुभयो । वहाँका अनुसार सुरक्षाकर्मी बन्न चाहना राखेर प्रतिस्पर्धामा जाँदा थोरै नम्बर र प्रशिक्षणका अभावमा उत्तीर्ण हुन नसकेको दुखेसो थाहा पाएपछि निः शुल्क तालिमको सुरुवात गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष बिपना कुलुङले देशको सुरक्षामा खटिने प्रहरी सेवामा इच्छा राख्नेहरूलाई प्रहरी तथा सुरक्षा सम्बन्धी ४५ दिने तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तालिमका सहभागीहरूले देशको सुरक्षाको बारेमा ज्ञान र अभ्यास गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । तालिम सिकेको खण्डमा भविष्यमा सहज हुने अपेक्षाका राखेका छन् ।
उक्त तालिममा वडा नम्बर ३ भित्रको ४४ जना युवाहरूको सहभागी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: