×

महाकुलुङमा संचालित नि:शुल्क आँखा शिविर सम्पन्न

मंसिर २०, २०८० | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा संचालन भएको तीन दिने निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
गाउँपालिकामा संचालन भएको शिविरमा ३ हजार भन्दा बढीले सेवा लिएको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताए ।
रोटरी क्लव अफ रत्ननगर जर्मनको सहयोगमा महाकुलुङ गाउँपालिकाको सहकार्यमा सुरु गरेको शिविरमा ८१ जनाको मोतिविन्दु शल्यकृया गरिएको छ भने १४ सय भन्दा बढीलाई चस्मा र औषधी वितरण गरिएको महाकुलुङ गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: