×

लिखुमा एमभी दुगड ग्रुपको दादागिरी,उत्तरदायित्व तत्काल बहन गर्न गाउँपालिकाको ताकेता

पुस ४, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु। लिखुखोलामा संचालित एमभी दुगड ग्रुपद्वारा निर्माणाधीन हाइड्रोपावरले सामाजिक उत्तरदायित्व र EIA मा उल्लेखित सम्झौताअनुरूपका कार्य गर्न अटेरी गरेको भन्दै जिल्लाको लिखुपिके गाउँपालिले माथिल्लो निकाय गुहारेको छ।

पटक-पटक ताकेता र पत्राचार गर्दा समेत हाइड्रोपावरले उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको भन्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जिल्ला प्रहरी कार्यालयदेखि गृह मन्त्रालयसम्मको ध्यानाकर्षण गराएकी छन्।अध्यक्ष बस्नेतले सोमबार गृहमन्त्री,गृह मन्त्रालय,बन तथा वातावरण मन्त्रालय, नेपाल विद्युत प्राधिकरण,रत्नपार्क,विद्युत बिकास बिभाग,जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु,जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र रामेछापलाई पत्र लेख्दै उक्त हाइड्रोको काम तत्काल रोक्का राखी श्रोत प्रयोग गरे बापत सम्झौता अनुरुपको उत्तरदायित्व बहन गराईदिन आग्रह गरिएको छ।

दुगड एमभी ग्रुपले सोलुखुम्बु र रामेछापको सीमा लिखुखोलामा नुम्बुर हिमाल २९.९मेघावाट, ग्लोबल हाइड्रोपावर ५५ मेघावाट र पान हिमाल ७७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उत्तरदायित्व बहनको त कुरै छोडौं निर्माणका क्रममा प्रयोग भएका गिट्टी,ढुंगा र बालुवाको राजश्व समेत हाइड्रोपावरले नबुझाएका कारण महालेखा परीक्षकको गत आर्थिक बर्षको प्रतिबेदनमा गाउँपालिकाका नाममा बेरुजु उल्लेख गरेको पनि अध्यक्ष बस्नेतद्वारा लिखित पत्रमा उल्लेख गरिएको छ।

पत्रमा हाईड्रोपावरका कुनै पनि कामको अनुगमन तथा गुणस्तरमापन राज्यका कुनै पनि निकायबाट नभएको भन्दै त्यसको अधिकार गाउँपालिकालाई दिन पनि अध्यक्ष बस्नेतले माग गरेकी छन्।उनले पत्रमा गाउँपालिका अध्यक्ष बस्नेतले आयोजनाले सम्झौता अनुसारका काम तत्काल कार्यान्वयन नगरे स्थानीयबासी आन्दोलित हुने संकेत समेत गरेकी छन्।

उता, गाउँपालिका प्रबक्ता मणिराज बस्नेतले अहिलेका जनप्रतिनिधिहरु ले केही गर्न सक्दैनन् भन्ने ढंगबाट हाइड्रोपावरले दादागिरी देखाईरहेको भन्दै सम्पूर्ण उत्तरदायित्व बहन गराउन कुनै पनि कसुर बाकी नराख्ने चेतावनी दिएका छन्।उनले सामाजिक सञ्जालमा भनेका छन्,- ‘कोहि कसैको उक्साहटमा नलागी सम्पुर्ण बाँकी गर्नुपर्ने कार्यहरू गर्न पनि हाइड्रोपावरलाई अनुरोध गर्द्छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: