|
२०८२ आश्विन २०
२०८१ असोज २० गते नेपाली बजारमा सुनको मूल्य तोलामा १.६१ लाख रूपैयाँ थियो। एक वर्षमा मूल्य ७२,१०० रूपैयाँले बढेर अहिले तोलाको २,३३,१०० रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। दसैंपछि दुई दिनमै १० हजारले वृद्धि भएको हो।
२०७८ फागुन २२ मा पहिलोपटक तोलाको १ लाख नाघेको सुनले तीन वर्षमा २ लाख पार गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन अहिले प्रति औंस ३९३५ डलरमा कारोबार भइरहेको छ।
ब्याजदर कटौती, अमेरिकी डलरको अवमूल्यन, युद्ध र अस्थिरताले सुनको माग र मूल्य बढाएको छ।
सन् २०२५ अन्त्यसम्म सुन प्रति औंस ४००० डलर नाघ्ने प्रक्षेपण छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्