
सोलुखुम्बु, खुम्जुङ – खुम्बु पासाङलामु गाउँपालिका–४ स्थित खुम्जुङ माध्यमिक विद्यालयकी छात्रा छिरिङ ङिमा शेर्पाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.९० जीपीए हासिल गर्दै सोलुखुम्बु जिल्लामै प्रथम स्थान प्राप्त गरेकी छिन्।
उक्त उल्लेखनीय उपलब्धिले न केवल विद्यालय र परिवार, तर सम्पूर्ण जिल्लालाई गर्वान्वित बनाएको छ। छिरिङको यो सफलता उनको अथक मेहनत, दृढ संकल्प र निरन्तर लगनशीलताको परिणाम हो, जसले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ।
खुम्बु पासाङलामु गाउँपालिकाले सामाजि संजालमार्फत छिरिङलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै आगामी शैक्षिक यात्रामा समेत उत्तिकै सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
विद्यालयका शिक्षकहरू, अभिभावक, साथीभाइ र समुदायका सदस्यहरूले छिरिङलाई बधाई दिँदै उनको लगनशीलता र अनुशासनलाई उदाहरणीय मानेका छन्। आगामी दिनमा उनी उच्च शिक्षाको क्रममा समेत यस्तै सफलता हासिल गर्दै राष्ट्रको सेवा गर्ने भावनाले सबैमा उत्साह थपेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया