सोलुखुम्बु- खुम्बु पासाङल्हामु गॅाउपालिका वडा नम्बर २ पासाङल्हामु निक्कोल निक्की अस्पताल लुक्लामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना शिविर कार्यक्रम संचालन भएको छ।
कोशी प्रदेश, खुम्बु पासाङल्हामु गॅाउपालिका र करूणा फाउन्डेसन नेपालको त्रिपक्षिय लागत साझेदारीमा र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो।
शिविरबाट २४ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचय-पत्र प्राप्ती तथा आवश्यकता पहिचान सेवा लिएका थिए। जसम्ध्ये २१ जनाले अपाङ्ग परिचय पत्र प्राप्त गरेका छन् भने ३ जनाले अपाङ्ग परिचय पत्र नविकरण गाउँपालिकाले जनाएकोछ ।
आउदो चैत्र २१ गते खुम्बु पासाङल्हामु गॅाउपालिका ३ को जम्फुटे हिमालयन शेर्पा अस्पताल, २३ गते वडा नम्बर ५ ओमहोङ्गेल नाम्चे सामुदायिक अस्पताल र २५ गते वडा नम्बर ४ खुन्दे अस्पतालमा पनि सेवाग्राहिको लागि शिविर संचालन हुने भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया