×

खुम्बुले आधार शिविर व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्दै

माघ १३, २०८० | दाक्सु मिडिया सम्वाददाता

खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापन कार्यविधिको विषयमा अन्तरक्रिया गरेको छ । खुम्बु क्षेत्रमा रहेका हिमाल साथै आधार शिविर व्यवस्थापन कार्यविधिको विषयमा आज शनिवार अन्तरक्रिया गरेको गाउँपालिकाले  जनाएको छ । 

खुम्बुमा अवस्थित सगरमाथा आधार शिविर र अन्य हिमाली क्षेत्रहरूको व्यवस्थापनमा एकरूपता ल्याउनका लागि कार्यविधि निर्माण गरी अगाडि बढ्ने गाउँपालिकाको योजना रहेको छ । 

फोहोर व्यवस्थापनलाई तीव्रता दिन, आधार शिविरमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्ने प्रयासमा मानवीय क्रियाकलापलाई हिमाली क्षेत्रलाई बढी प्रभाव नपार्ने गरी गर्न गराउन र सहजीकरण गर्ने लगायतका महत्त्वपूर्ण विषयहरूलाई समेटेर आधार शिविर व्यवस्थापनको बलियो नीति निर्माण गर्ने उद्देश्यका साथ अन्तरक्रिया गरिएको वातावरण अधिकृत अर्चना घिमिरेले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रमा रहेका हिमालको फोहोरको दिगो व्यवस्थापन, क्याम्प व्यवस्थापन, सुरक्षा, वातावरण संरक्षण लगायतका कुराहरूलाई कार्यविधि निर्माणका क्रममा जोड दिइएको घिमिरेको भनाई छ । 

अन्तर्क्रिया क्रममा सकारात्मक प्रतिक्रिया आएको साथै सरोकारवालाहरूको सुझाव अनुसार कार्यविधि निर्माण गरी चाँडै कार्यान्वयन गर्ने वातावरण अधिकृत अर्चना घिमिरेले जानकारी दिनुभयो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: