मुन स्टार क्लबले वार्षिक उत्सवको अवसरमा आगामी अक्टोबर २१ तारिखमा महिला तथा पुरुष विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन प्रतियोगिता सोलुखुम्बुमा आयोजना गर्ने भएको छ।
सोलुदुधकुण्ड नगरपालिका ५ समन्वयहल सल्लेरी देखि सुरु हुने म्याराथन माप्य दुधकोशी गाउँपालिका २ बासाखाली माध्यमिक विद्यालय सम्म ४२ किलोमीटर दुरीको रहने बुधबार आयोजकले रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरेको हो।
१६ वर्ष माथिका महिला तथा पुरुषले म्याराथनमा भाग लिन पाउनेछ्न । बिजेताले क्रमश ३ लाख २ लाख र १ लाखको साथमा ५/५ जना सान्त्वना धावकलाई ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरीने संस्थाका अध्यक्ष भुवन सिंह राईले जानकारी दिए। सोही समयमा २१ किलोमिटर दुरीको स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने धेयले मातृभूमि म्याराथन महिला/पुरुषको खुम्बु पासाङल्हमु गाउँपालिका १ खरिखोला जुभिङ हुँदै खालिडाडा सम्मको रहने छ। प्रथम द्वितीय र तृतीया हुनेले नगद २० हजार, १५ हजार र १० हजारको साथमा सान्त्वना १/१ धावकलाई ५/५ हजार नगदको साथमा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए ।
सोलुखुम्बु जिल्ला प्रसासन कार्यलय सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा जिल्लाको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन पवर्धन गर्ने उद्देश्यले सो म्याराथन आयोजना गरिएको संस्थाका उपाध्यक्ष चन्द्रबहादुर राईले जानकारी दिए। कार्यक्रमको समापन विभिन्न सांगीतिक साझको साथमा बासाखाली माद्यामिक विद्यालयको प्रांगणमा पुरस्कार वितरण सहित समापन गरीने सचीव पुर्ण राईले जानकार दिए।
अन्तर्राष्ट्रिय धावक अर्जुन कुलुङ संस्थाका पदाधिकारीहरुको साथमा उक्त पत्रकार सम्मेलन काठमाडौमा सम्पन्न भएको हो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्