×

आज (२०७८-०३-२१) को राशिफल

असार २१, २०७८ | दाक्सु मिडिया

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज कुनै कुराले म प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

  • कर्कट (हि, हु, हे, हो, डा, डिडु, डे, डो)

इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मनमा हर्षउमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला, तर शेयर बजारमा घाटा होला ।

  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।

  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

  • धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

  • मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)

आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ। पठनपाठनमा प्रगति हुनेछ ।

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: