- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ र शुभ कार्यको योजना बन्नुका साथै आँटेको र ताकेको कार्य पुरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।
- वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्नेछ ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजार र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
- तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्, तर शेयर बजार र ठेक्का पट्टाको काममा भने नोक्सानी हुन सक्छ ।
- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । शुभ कार्यको चर्चा चल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।
- धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
- मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)
कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।
- मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कार्यको योजना बन्नेछ । प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया