- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज छोटो दुरीको लाभदायक यात्रा रहला । नयाँ व्यक्तिसँग भेटघाट हुनुका साथै एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
- वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राजनैतिक कार्यमा र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद् यात्राको योग छ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकायको भय रहनेछ ।
- तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नसक्छ ।
- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
- धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।
- मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)
आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सन्तान सुख मिल्नेछ ।
- मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया