☰ open
×

लिओनल मेसीलाई कोरोना संक्रमण

पुस १८, २०७८

फ्रेञ्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लो पटक गरिएको परीक्षणमा मेसीसहित पिएसजीका चार खेलाडीलाई संक्रमण पुष्टि भएको हो।

अर्जेन्टाइन फरवार्ड मेसीसहित डिफेन्डरहरू जुवान बर्नट, नाथान बिटुमाजाला र गोलकिपर सर्जियो रिकोलाई कोरोना भएको हो।

फ्रेञ्च कपअन्तर्गत चौथो श्रेणीको क्लब भानेसविरूद्धको खेलअघि खेलाडीहरूलाई कोरोना भएको हो।

कोरोना पुष्टि भएका खेलाडी आइसोलेसनमा बसेको क्लबले जनाएको छ। पिएसजीले सन् २०२२ को पहिलो लिग खेल लियोनसँग ९ जनावरीमा खेल्दैछ। लिग खेल नेइमारले गुमाउने यसअघि नै पक्का भइसकेको छ। उनी ब्राजिलमा अभ्यास गर्ने क्रममा घाइते भएका थिए। उनी मैदान फर्कन तीन साता लाग्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: