काठमाण्डौँ । पुसको अन्तिम दिन बुधबार सेयर बजार १.५२ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ६ अर्ब २० करोडको भयो ।
१२५ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन फाइनान्स समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.५५ प्रतिशत बढ्यो । मूल्य धेरै बढेका कम्पनीमा पनि फाइनान्सकै वर्चस्व रह्यो ।
त्यस्तै विकास बैंक ०.०१, होटल तथा पर्यटन ०।३१, हाइड्रोपावर ०.०७, लगानी ०.११, निर्जीवन बीमा ०.३८, व्यापार ०.६७ प्रतिशत बढे । बैंकिङ०.०८, जीवन बीमा ०।०१, उत्पादन तथा प्रशोधन ०.४१ तथा माइक्रोफाइनान्स ०.०५ तथा अन्य ०.१३ प्रतिशत घटे ।
सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढ्यो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्