
काठमाडौं, जेठ २९ । किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यसहित राजेश पायल राई र मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘साकेलामा जाउँ’ सार्वजनिक गरिएको छ। उँभौली पर्वको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा किराँत संस्कार, परम्परा र पितापुर्खाको सम्मान भाव झल्काइएको छ।
गीतमा संगीतकार दक्षिण राईको संगीत रहेको छ भने एरेञ्जरको रूपमा सागर संसार राईले योगदान दिएका छन्। गीतको रचना युवराज राईले गरेका हुन्। रचनाकारका अनुसार किराँत समुदायभित्र २८ भन्दा बढी भाषिक समूहहरू रहेका छन्, र यो गीत उनीहरूको साझा सांस्कृतिक भावना प्रतिबिम्बित गर्ने प्रयास हो।
भिडियो तर्फ, निर्देशक गंगाराम राईको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा कलाकार जोन राई र मनिषा राईको अभिनय देख्न सकिन्छ। भिडियो सम्पादन जोन राईले गरेका हुन्। भिडियो निर्माणमा युवराज राई र सरस्वती राईको संयुक्त लगानी रहेको छ।
किराँत समुदायका युवाहरूको सक्रिय सहभागिता र सांगीतिक सिर्जनाको माध्यमबाट प्रस्तुत गरिएको ‘साकेलामा जाउँ’ गीतले मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया