×

लोक तथा दोहोरीगीत कलाकारका सन्तानले अध्ययनमा ५० प्रतिशत छूट पाउने

साउन ३, २०८१ | दाक्सु मिडिया

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र नवोदित कलेजबीच विपन्न कलाकारको परिवारलाई अध्ययनमा छूट दिने विषयमा सहमति भएको छ । कलाकारको परिवारलाई उक्त कलेजमा अध्ययन गराएमा ५० प्रतिशत छूट दिनेसहितका ७ बुँदे सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा र कलेज प्रमुख राजेन्द्र अधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्न आउने कलाकार, वाद्यवादक र प्राविधिकका परिवारलाई कलेजले ५० प्रतिशत छुट दिने र १० जनालाई निःशुल्क भर्ना दिने व्यवस्था सहमतिमा छ ।

कलेज प्रिन्सिपल अधिकारीले कलाकारितामा लागेको तर आर्थिक अवस्था कमजोर भइ छोराछोरीलाई अध्ययन गराउन नपाएका अभिभावकलाई भर्ना र मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरि शिक्षाबाट बञ्चित नगराउन अनुरोध गरेका थिए ।

व्यवस्थापन, मानविकी, विज्ञान, कानून विषयमा अध्ययन गर्न चाहने कलाकारको परिवारले प्रतिष्ठानको सिफारिसका आधारमा छुट दिने प्रिन्सिपल अधिकारीले बताए । प्रतिष्ठानकी अध्यक्ष थापाले संस्थाको जिल्ला, प्रदेश समन्वय र केन्द्रका सदस्यको परिवारले केन्द्रका पदाधिकारीसँग समन्वय गरि अध्ययनलाई निरन्तरता दिन आग्रह गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: