
काठमाडौ।
संखुवासभा कलाकार चौतारी काठमाडौंले शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
असोज २० गते काठमाडौ स्थिति कार्की इभेन्टस कपनमा कमलीकान्त भेटवाल (झम्के गुलेलि), कमल खत्री, परेश राई, भविन ढुंगाना, कुशुम गुरुङ लगायत संखुवासभाका सबै कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी गराए ।
दिउसो १२:३० बजे देखि सुरु हुने कार्यक्रम सोही दिन सम्पन्न हुनेछ । वडा दशै शुभ दिपावली तथा छठ पर्वलाई लक्षित शुभकामना आदानप्रदान मुख्य कार्यक्रम रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया