×

वास शिली र झ्याम्टा (म्यान्यूव्या) बजाउने प्रशिक्षण सुरु

बैशाख १८, २०८० | दाक्सु मिडिया सम्वाददाता

वैशाख १८, काठमाडौ

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्यसमिति आमा समूहले काठमाडौको नव दुर्गा पाटी प्यालेसमा वास शिली प्रशिक्षण सुरु गरेको छ ।

वैशाख १७ गतेदेखि सुरुभएको प्रशिक्षण २३ गते सम्म संचालन हुनेछ । कार्यक्रममा महिला पुरुष शिली र झ्याम्टा (म्यान्यूव्या) बजाउने प्रशिक्षण रहने आमा समुहका सचिब जेनि खालिङले जानकारी दिनु भयो ।

बिहानको ७ बजे देखि ९ बजे सम्म वास शिलीमा दोर्जीमाया खालिङ “रिमन”, निरमा खालिङ “मकमफुल”,कुमार खालिङ “सिमने” र झ्याम्टा (म्यान्यूव्या) मा सांगा खालिङ “रामरिसे” र आङदावा खालिङ “सिरीसेले प्रशिक्षण दिदै हुनुहुन्छ ।

सोलुखुम्बु लगायत अन्य जिल्लाका खालिङहरुको बाक्लो उपस्थितमा प्रशिक्षण भैरहेको किरात खालिङ राई उत्थान संघ केन्द्रिय अध्यक्ष सीता कुमारी खालिङ राईले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: