×

अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को टिजर सार्वजनिक भएको छ।

फाल्गुन ३, २०७९ | दाक्सु मिडिया सम्वाददाता

अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को टिजर सार्वजनिक भएको छ।

मंगलबार सार्वजनिक गरिएको टिजरमा दयाहाङ राई र मिरुना मगरलाई देख्न सकिन्छ। टिजरमा दया र मिरुनाबीच माया र उनीहरूको सम्बन्धमा आएको उतारचढावलाई काव्य शैलीमा प्रस्तुत गरिएको छ। 

फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित छ जसमा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइनेछ। 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। 

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। 

यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।

यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ।https://www.youtube.com/embed/4sx0nvVDYA8

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: