×

साउथ कलाकार ब्रह्मानन्दमले गरे नीताको तारिफ

फाल्गुन १, २०७९ | दाक्सु मिडिया सम्वाददाता

भारतीय अभिनेता ब्रह्मानन्दम्ले अभिनेत्री नीता ढुङ्गानाको अभिनयको तारिफ गरेका छन् । फिल्म ‘ह्रस्व दीर्घ’ को छायांकन सेटमा नीताको अभिनयबाट प्रभावित भएर उनले तारिफ गरेका हुन् । नीताले पति हरिहर अधिकारीसँग मिलेर बनाउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ को यतिबेला भारतको हैदरावादको रामोजी फिल्म सिटीमा छायांकन भइरहेको छ । फिल्म अभिनयका लागि साउथ कलाकार ब्रह्मानन्दम, अली पनि स्टुडियोमा उपस्थित छन् ।

स्टुडियोमा नीताको केही दृश्य समेत खिचिएको थियो । सोही सिलसिलामा ब्रह्मानन्दम् नीताको अभिनयको तारिफ गरिएको समेत निर्देशक चन्द्र पन्तले बताए । ‘नेपालमा यस्तो राम्रो अभिनेत्री होला भनेर मैले कल्पना पनि गरेको थिइनँ । तिमी हिरा हौं’ ब्रह्मानन्दम्को शब्द निर्देशक पन्तले दोहोर्याए । ब्रह्मानन्दम् नीतालाई अभिनयको प्रशंसा गर्दै गिफ्ट समेत दिएको पन्तको भनाई छ ।

ब्रह्मानन्दम्को अलवा सुनील बर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतसँगै नेपाली कलाकार रविन्द्र झा, आदर्श मिश्रा, लक्ष्मी पौडेलको समेत केही पाटोको छायांकन स्टुडियोमा खिचिएको छ । अझै केही दिनको छायांकनपछि फिल्म युनिट नेपाल आउनेछ । भारतको ठूलो ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा समेत भएको फिल्म ४ देखि ५ करोडको नेपालीमा लागतमा बन्ने निर्माण युनिटले जनाएको छ । 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: